Logo
७ पुस २०८१, आईतबार

महाकालीमा अन्तर्राष्ट्रिय कानुन विपरित भारतीय सुरक्षा बलको र्याफ्टिङ

अक्षरपाटी
२०७९ फागुन १४ , आईतबार ११:०२ मा प्रकाशित

दार्चुला १४ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीमा विपद प्रतिकार्य खोज उद्धार अभ्यासको नाममा अन्तर्राष्ट्रिय कानुन विपरीत र्‍याफ्टिङ गरेको छ।

नेपाली पक्षलाई जानकारी र समन्वय नगरेरै र्‍याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ।

र्‍याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनविपरीतका गतिविधि नगर्न पत्रमा भनिएको छ ।

नेपाली प्रशासनसँग समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो ? भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन।

सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ।