धनगढी २१ फागुन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका पक्षमा ४१ प्रदेशसभा सदस्य र विपक्षमा ११ सदस्यले मत दिएका हुन्।
शाहलाई २७ प्रदेशसभा सदस्यको मत आवश्यक भए पनि ५३ सदस्यीय प्रदेशसभाका दुईतिहाइ सदस्यले मत दिएका हुन्।
शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा तारा जोशीले विश्वासमा मत दिएका हुन्।
गत माघ २६ गते एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शाहलाई विश्वासको मत दिने दलहरु सरकारमा समेत सहभागी हुने सहमति भएको छ।