काठमाडौं २२ फागुन। फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।
निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुनेभएको छ।
राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान भएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेध अवधि नागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ।
‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ,’ आयोग भनेको छ।