काठमाडौं २२ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारी यो महिनाभित्रै शीतलनिवास छाड्ने तरखरमा छिन्।
उनी यही फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने योजनामा रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यही २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुने भएपछि नयाँ राष्ट्रपति आउने भएकाले उनले शीतलनिवास छोड्न लागेकी हुन्।
शीतलनिवासबाट उनी बूढानीलकण्ठमा रहेको आफ्नै घरमा सर्ने योजनामा रहेको उनको सचिवालयले जनाएको छ।
नयाँ राष्ट्रपतिले सपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना बनाइएको सचिवालयले जनाएको छ।
संविधानतः उनको कार्यकाल फागुन २८ सम्म मात्रै तोकिएको छ।
नयाँ राष्ट्रपतिका लागि कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।