काठमाडौं २४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गरिने घोषणा गरेका छन्।
काठमाडौँमा आयोजित ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमलाई सम्वोधन गर्दै दाहालले उक्त कुरा बताएका हुन्।
दाहालले सातै प्रदेशमा निसन्तान उपचार सेवा विस्तार गरिने पनि बताए। उनले वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताए।
उनले अघि भने, ‘पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ।’
पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिने उनको भनाइ थियो।