Logo
२९ वैशाख २०८२, सोमबार

उपराष्ट्रपतिका लागि मनोनयन दर्ता आज

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं २७ फागुन। उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयनपत्र दर्ताको समय अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मनोनयन दर्ताकोको कार्यक्रम हुनेछ। २५ फागुनमा सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।