Logo
२७ वैशाख २०८२, शनिबार

इक्वेडरमा भूकम्प, १२ जनाभन्दा बढीको मृत्यु

अक्षरपाटी
२०७९ चैत्र ५ , आईतबार १०:०३ मा प्रकाशित

काठमाडौं ५ चैत। ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ।

करिब ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा १२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट ब्यापक रुपमा भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।

भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ।

भूकम्पले सडक भत्किएका कारण सवारी आवागमनमा समेत अवरोध पुगेको छ।