Logo
६ पुस २०८१, शनिबार

लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

अक्षरपाटी
२०७९ चैत्र ७ , मंगलबार १०:०३ मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘छनोटमा नेपाललाई पु¥याउन सफल भएको नेपाली टोलीमा रहेका प्रदेशका खेलाडीलाई जनही एक लाखसहित पुरस्कृत गर्ने निर्णय हो ।

प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित खेलाडीलाई सम्मान गरिने निर्णय भएको बताए ।

नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

त्यस्तै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही ५० हजारसहित सम्मान गर्ने निर्णय भएको उनले जनाकारी दिए ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।