Logo
१५ चैत्र २०८०, बिहीबार

साफ यू-१७ : भुटानविरुद्ध नेपालको फराकिलो जित

अक्षरपाटी
२०७९ चैत्र ९ , बिहीबार ०६:०३ मा प्रकाशित

काठमाडौं ९ चैत। साफ यू-१७ महिला च्याम्पियनसीप फुटबलको दोस्रो खेलमा नेपालले भुटानलाई फराकिलो गोलअन्तरले हराएको छ।

ढाकाको मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ५-० गोल अन्तरले हराएको हो।

नेपालका लागि सेनु परियार र वर्षा ओलीले दुई दुई गोल गरिन् भने दीपा रोकायाले एक गोल गरेकी थिइन्।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो।

भुटानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ।

अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ ।

साफ यू-१७