Logo
२७ वैशाख २०८२, शनिबार

आज चैत नवरात्रिको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआराधना

अक्षरपाटी
२०७९ चैत्र ९ , बिहीबार ०७:०३ मा प्रकाशित

काठमाडौं । चैत्र नवरात्रिको आज दोस्रो दिन । आजको दिन माता ब्रह्मचारिणीको पूजाआराधना गरिन्छ।

ब्रह्मचारिणीको अर्को नाम तपश्चारिणी, अपर्ण र उमा पनि हो। माताको पूजा गर्नाले व्यक्तिका सबै काम पूरा हुने, काममा आइरहेको रुकावट, बाध व्यवधान हट्ने विश्वास छ।

यसबाहेक माताको आशिर्वादले हरेकखाले दुःख र उल्झनहरु दूर हुने विश्वास गरिन्छ।

पूजा विधि
वनरात्राको दोस्रो दिन आज विहानै उठेर स्नान गरेर पहेँलो वा सेतो वस्त्र लगाउनुपर्छ। शान्त र सच्चा मनले माता ब्रह्मचारिणीको पूजा गर्नुपर्ने विधि छ। पूजाका क्रममा माताको दूध, दही, घिउ आदिले स्नान गरिदिनु विधिवत हुन्छ।

त्यसपछि मातालाई फलफुल, अक्षता, कुमकुम, सिन्दूर, चंदन, मिश्री, पान, सुपारी ल्याङ आदि चढाउन उपयुक्त हुन्छ। माताको आराधनामा हातमा रातो फूल लिएर ॐ ऐ नमः मन्त्र जप गर्नुपर्छ। त्यसपछि देवी ब्रह्मचारिणीको आरती गर्नुपर्ने विधि छ।