Logo
१४ वैशाख २०८१, शुक्रबार

खप्तड गोल्डकपमा आज मनाङ मर्स्याङ्दी र बागमतीबीच प्रतिस्पर्धा

अक्षरपाटी
२०७९ चैत्र १३ , सोमबार १०:०३ मा प्रकाशित

काठमाडौं। छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र बागमती युवा क्लब सर्लाही भिड्दै छन्।

धनगढी रंगशालामा दिउँसो ३ बजेबाट खेल सुरु हुनेछ। आजको खेलमा विजेता बन्नेले सेमिफाइनलमा एभिनरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा आयोजकसहित ६ ‘ए’ डिभिजन, दुई विदेशी टोली र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।