Logo
१५ चैत्र २०८०, बिहीबार

भारतमा ए प्लस ग्रेडका क्रिकेट खेलाडीलाई महिनाकै सवा ११ करोड तलब

अक्षरपाटी
२०७९ चैत्र १३ , सोमबार १२:०३ मा प्रकाशित

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको नयाँ केन्द्रिय सम्झौतामा अलराउण्डर रबिन्द्र जडेजा ए प्लक ग्रेडमा परेका छन् ।

२०२२ को अक्टोबर देखि २०२३ को सेप्टेम्बरसम्मको नयाँ सम्झौतामा उनी ए प्लस ग्रेडमा परेका हुन् । यसअघि उनी ए ग्रेडमा थिए ।

जडेजासँगै ए प्लस ग्रेडमा कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुम्राह रहेका छन् । ए प्लस ग्रेडका खेलाडीले मासिक ७ करोड भारतीय रुपैँया अर्थात नेपाली सवा ११ करोड तलब पाउने छन् ।

यस्तै ग्रेड ए मा पाँच खेलाडी परेका छन् । यसअघि ग्रेड सी मा रहेका हार्दिक पाण्डे ए ग्रेडमा परेका छन् । उनीसँगै रविचन्द्र आसिवन, मोहम्मद शामी, रिशभ पन्त र अक्सर पटेल रहेका छन् । ए ग्रेडका खेलाडीले मासिक ५ करोड भारतीय रुपैँया पाउने छन् ।

ग्रड बी मा ६ खेलाडी अटाएका छन् । केएल राहुल ए ग्रेडबाट बी मा झरेका छन् । बी ग्रेडका खेलाडीले तीन करोड भारतीय रुपैँया पाउने छन् । ग्रेड सी मा ११ खेलाडी अटाएका छन् ।

पछिल्लो सम्झौतामा नरहेका ६ खेलाडी समेटिएका छन् । सी ग्रेडमा रहेका खेलाडीले मासिक एक करोड भारतीय रुपैँया तलब पाउने छन् ।