काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीकाबीच चितवन प्रस्थान गरेका छन् । छलफल लगत्तै चितवन गएका प्रचण्डले त्यहाँबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
उनले आज बिहान सरकार विस्तारका विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमा कार्यक्रमा सहभागि हुन चितवन उडेका हुन ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँ बैठक सकेर चितवनका लागि प्रस्थान गर्नुभयो । चितवनबाट फर्केपछि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।’
बुधबार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाटमा मोटामोटी समहति भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारका लागि तयारी थालेका हुन् ।