काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।
बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।