Logo
२६ पुस २०८१, शुक्रबार

मैले मन्त्री बन्दिन पो भनेको हो, उपप्रधानमन्त्री बन्दिन कहिले भनेँ : उपप्रधानमन्त्री खड्का

अक्षरपाटी
२०७९ चैत्र १८ , शनिबार ०३:०४ मा प्रकाशित

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमा भइरहेको टिप्पणीको खण्डन गरेका छन्।

उपप्रधानमन्त्री खड्काले आफूले मन्त्री मात्र नबन्ने भनेको तर उपप्रधानमन्त्री बन्दिन नभएको स्पस्ट पारे।

उनले आफूले १९ वटा मन्त्रालयमध्येमा रक्षा मन्त्रालय छनेर लिएको समेत बताए।

खड्काले आज ललितपुरको बाडेगाउँ पुगेर कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पणपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘नेपालको सामरिक महत्व भएकाले राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको नेपाली सेनाको तालुकवाला मन्त्रालयको नाताले रक्षा रोजेको हुँ।’

उनले प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई गृह र अर्थ बाहेकका १९ मन्त्रालयबाट एउटा रोज्न आग्रह गरेको र आफूले ५ दिन अध्ययन गरेर रक्षा मन्त्रालय छानेको बताए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले पार्टी सभापति शेरबहादुर देउवाले आफूसँगको सल्लाहमा नै पार्टी प्रवक्ता प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको नेतृत्व दिन लगाएको समेत बताए।