Logo
२६ पुस २०८१, शुक्रबार

पदम लिम्बू सरकारद्वारा सहिद घोषित

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार ११:०४ मा प्रकाशित

काठमाडौं। आज बसेको मन्त्रिपरिषद बैठकले पहिचानवादी आन्दोलनका क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजिहाङलाई सहिद घोषणा गरेको छ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कोशी प्रदेशको नाम कोशी राखिएकोविरुद्ध आन्दोलनका क्रममा मृत्यु भएका धरान उपमहानगरपालिकाका लिम्बूलाई सहिद घोषणा गरेको हो।

मन्त्रिपरिषदले उनको परिवारलाई सहयोग गर्ने निर्णय समेत गरेको छ। चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा लिम्बू घाइते भएका थिए।

उपचारका क्रममा उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।