Logo
२६ वैशाख २०८२, शुक्रबार

एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाडौं २४ चैत । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो।

विगत १५ वर्षदेखि श्रेष्ठ जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका छन्। बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हँुदै अहिले महासचिव छन्।

एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन्। प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए।

श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो। उनले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गरेका हुन्। बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन्।