काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागु गर्ने बताएकी छन्।
उनले त्यसका लागि सरकारले तयारी गरिरहेको जानकारी दिइन्। सञ्चारमन्त्री शर्माले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै लोककल्याणकारी र समानुपातिक विज्ञापनलाई एकद्वार प्रणालीअनुसार लैजाने नीति बनाउन लागेको बताइन्।
त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि उनले बताइन्।
मन्त्री शर्माले अनलाइनहरुलाई नियमन गर्ने व्यवस्थासहित आमसंचार कानुन बनाइने बताइन्।
कार्यक्रममा पत्रकार महासंघको काठमाडौं शाखाद्वारा स्थापित आदर्श पत्रकारिता पुरस्कार कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो।