Logo
३० वैशाख २०८२, मंगलबार

रास्वपाका सांसदले दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक, श्रेष्ठ निलम्बित

अक्षरपाटी
२०७९ चैत्र २६ , आईतबार ०३:०४ मा प्रकाशित

काठमाडौं। मंसिर ४ को निर्वाचनबाट उदायको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ ठूलो बार्गेनिङमा लागेको अडियो सार्वजनिक भएको छ।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो यतिबेलो सामाजिक संजालदेखि विभिन्न मिडियामा सार्वजनिक भएको छ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेकाले पार्टीलाई बुझाउनका लागि रकम माग गरेको अडियोबाट बुझिन्छ। तर यो अडिय प्रसंग पुस मसान्तपछिको भएको कुराकानीका क्रममा बुझिन्छ । दुर्गा प्रसाईँले राखेको जिज्ञासामा उनले आफू कोर टिममा रहेकाले आफूले पैसा बुझाएमा मन्त्री बन्ने पक्का भएको आसय व्यक्त गरिएको छ।

उनले तोसिमा, चन्दा कार्कीहरु नभएर आफू मन्त्री बन्न लागेको अडियोमा बोलेका छन्। उनको यो अडियो सार्वजनिक भएपछि नलाई रास्वपाले निलम्बन गरेर छानबिनको तयारी गरेको छ। त्यसका लागि समिति बनाउने तयारीमा रास्वपा छ।