Logo
६ पुस २०८१, शनिबार

लामिछानेविरुद्धको मुद्दा लम्बियो, थप दुई व्यक्तिको बकपत्र लिन आदेश

अक्षरपाटी
२०७९ चैत्र २६ , आईतबार ०५:०४ मा प्रकाशित

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा थप दुई जनाको बकपत्र लिन आदेश भएको छ।

अदालतले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको हो।

पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्को चिकित्सकलाई पठाएर बकपत्र गराएको खुलेपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश गरेको हो ।

साथै छुटेका थप साक्षीको वकपत्रका लागि बोलाउन पनि अदालतले आदेश गरेको छ । यो आदेशसँगै लामिछानेको मुद्दामा पूर्ण सुनुवाइको प्रक्रिया थप लम्बिएको छ ।

पुस २९ मा लामिछाने उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटी बुझाएर ससर्त रिहा भएका थिए । सर्वोच्च अदालतले पनि पछि सोही आदेश सदर गरेको थियो । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध गत भदौमा बलात्कारको जाहेरी दिएकी थिइन्।