Logo
२१ मंसीर २०८२, आईतबार

अडियो प्रकरणबारे छानबिनका लागि रास्वपाको बैठक

अक्षरपाटी
२०७९ चैत्र २८ , मंगलबार १०:०४ मा प्रकाशित

काठमाडौं। सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो प्रकरणबारे छानविनका लागि राष्ट्रिय स्वतन्त्र पाटीको बैठक बोलाइएको छ।

रास्वपाको अनुशासन आयोगको बैठक ११ बजेका लागि बोलाइएको पार्टी स्रोतले बतायो।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका बिषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ।

सिफारिसका आधारमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

सांसद श्रेष्ठले ब्यापारी प्रसाईसँग गरेको भनि आएको अडियोको स्वर आफनो नभएको दाबी ढाकाकुमारले गर्दै आएका छन्।

पार्टीका सभापति रबि लामिछानेले भने आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने र हदैसम्मको कारबाहीका लागि आफै अग्रसर हुने बताइसकेका छन्।