Logo
२६ पुस २०८१, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी सेतो छ, त्यसैले सानो दाग पनि देखिन्छः सभापति लामिछाने

अक्षरपाटी
२०८० वैशाख ३ , आईतबार ०८:०४ मा प्रकाशित

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सेतो र सफा भएको बताएका छन्।

आज तनहुँ सदरमुकाम दमौलीमा आयोजित बृहत् चुनावी सभामा बोल्दै उनले सेतो भएकैले रास्वपाको सानो दाग पनि देखिने गरेको बताए।

सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सुशासन र संवृद्धिका लागि रास्वपाले देशैभर बजाउने बताए। उनले पार्टी सेतो भएकाले सानो दाग पनि देखिने भएकाले दाग लाग्ने काम नगर्न आफ्ना समर्थक र कार्यकर्तालाई आह्वान गरे।

बाटो बिराउनेलाई तत्काल कारबाही गरिने पनि उनको दाबी थियो। वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ, चितवन र बारा तीन वटै ठाउँबाट रेकर्ड राख्ने गरी मत परिणाम ल्याउने लामिछानेको दाबी छ।

रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नं १ का उम्मेदवार स्वर्णिम वाग्लेले सभालाई सम्बोधन गर्दै धुमिल राजनीतिलाई संल्याउन आफू स्वतन्त्र राजनीतिमा आएको बताए। यथास्थितिवाद विरुद्ध परिवर्तनकारीका रूपमा आफू आएको वाग्लेको दाबी छ ।

चुनावी सभामा उपस्थित अन्य नेताले नातावाद र कृपावाद भन्दा माथि उठेर युवापुस्ताको भरोसा बचाउने गरी मतको प्रयोग गर्न मतदातालाई आव्हान गरे।