Logo
२६ पुस २०८१, शुक्रबार

निर्वाचन आचारसंहिता तोडेर चुनाव प्रचारमा नगरप्रमुख

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ०६:०४ मा प्रकाशित

बारा। महागढ़िमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसा यादवले निर्वाचन आचार संहिता उलंघन गरेको पाइएको छ।

निर्वाचन आचार संहिता अनुसार स्थानीय तहका प्रतिनिधिहरूले कुनै पनि चुनावी सभामा भाग लिन नपाउने व्यवस्था छ।

तर नगर प्रमुख यादवले आगामी वैशाख १० गते हुने निर्वाचनमा बारा क्षेत्र न २ का उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको चुनावी सभालाई सम्बोधन मात्रै गरेका छैनन् उनले निर्धक्कसँग उम्मेदवार यादवका लागि भोट माग्दै गरेका तस्बिरहरू बाहिरिएका छन्।

पोहोर मंसिरमा भएको निर्वाचनमा सप्तरीबाट पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा प्रचारप्रसारका लागि घरदैलोमा व्यस्त छन्।

वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन् गइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पूर्व डीआइजी रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा छन्।