Logo
१८ वैशाख २०८१, मंगलबार

आमा

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार ०७:०४ मा प्रकाशित

O शिवराज योगी

आमा भन्नु आमा नै हुन्, आमा को काँ आकार हुन्छ
शन्ततिका लागि आमा, आफै सिंगो संसार हुन्छ

थाम्न गाह्रो हुन्छ हाम्लाई, अञ्लुलीमा सानै नाशो
नौ महिना दिन्छिन आमा, सन्ततीलाई कोखमा बासो
आमा भन्नु आमा नै हुन, आमाको के नाम हुन्छ र
पुण्य, धर्म, तीर्थ गर्न, अर्को कुनै धाम हुन्छ र ?

कोखमै लात्ता सहि आमा, मुस्कुराउँछिन् ममताले
ताते ताते सिकाउँछिन्, सिंचित गर्छिन हृदयले
आमा भन्नु आमा नै हुन, आमाको के थर हुन्छ र
आमा छैन भने कहाँ, संसार मानव घर हुन्छ र ?

चोइटिएर छियाँ छियाँ, रुन्छिन् आमा तप्प तप्प
सन्तानका खातिर आमा, बल्छिन स्वयम् धप्प धप्प
पन्छीसरी उडिजान्छन् हुर्किएर डाँडापाखा
बाटो हेरी टोलाउँछिन्, गुणमा आमा हरेक साँझ

निमोठेर रहर आफ्ना, सन्तानको खुसी छाउँछिन्
भोलि आउँला सुख भन्दै, अनन्तको यात्रा धाउँछिन्
आमा भन्नु आमा नै हुन, आमा जस्तो को हुन्छ र
चोट पर्दा सन्तानलाई, आमा जति को रुन्छ र ?

२०७६ कात्तिक ४

आमा कविता शिवराज योगी
यो पनि हेर्नुहोस् : देश भनेको के हो !