बैतडी । बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष माग गरेका छन् ।
जिल्लाको भ्रमणका क्रममा बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाहसितको टोलीसँग भेटघाट गर्दै पाटन नगरपालिकाका बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् ।
मुख्यमन्त्री शाहलाई ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ । बैतडी भ्रमणमा मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए ।