कैलाली। कैलालीको भजनी क्षेत्रबाट एक प्रहरी नै लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका छन्।
प्रहरी जवान अंकित चौधरी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीले चार दिनपछि सार्वजनिक गरेको छ।
भारतसँग सीमाना जोडिएको कुसुमघाटबाट चौधरीसहित अन्य दुई जना ३३ ग्राम ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जनाएका छन्।
इलाका प्रहरी कार्यालय भजनीको टोलीले चेक गर्ने क्रममा लागूऔषधसहित उनीहरु प्रकाउ परेका हुन्।
पक्राउ परेकाहरुमाथि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।