Logo
१५ पुस २०८१, सोमबार

केपी खनालको अगुवाइमा सरसफाइको पनि प्रिमियर लिग

अक्षरपाटी
२०८० वैशाख ९ , शनिबार ०२:०४ मा प्रकाशित

काठमाडौं। स्वच्छ वातावरणका लागि युवालाई सक्रिय बनाउने उद्देश्यले ‘एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान सुरु भएको छ।

विश्व पृथ्वी दिवसका अवसरमा आयोजित अभियानका क्रममा आज भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको प्राङ्गणदेखि भद्रकाली मन्दिरसम्म र्या‍लीसहित सफाइ गरिएको छ।

मैनादेवी फाउन्डेसनले आयोजना गरेको र्यालीमा सहभागी विद्यार्थीले ‘प्रदूषण उन्मूलन गरौँ, वातारण बचाऔँ’, ‘सबै नागरिकलाई ज्ञान दिऊँ, सरसफाइ अभियानमा ध्यान दिऊँ’ र ‘स्वच्छ वातारण, स्वच्छ जीवन’ लेखिएका प्ले कार्ड बोकेका थिए।

सरसफाइभन्दा पनि आफूहरुले सफाइको एउटा अवधारणा ल्याएको र युवालाई खेलकुदमा जस्तै सरसफाइमा पनि आकर्षित गर्न र स्वच्छतामा प्रतिस्पर्धा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको फाउन्डेसनका अध्यक्ष केपी खनालले बताए।

अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान ७ः३० बजे पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आ–आफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गरिनेछ।

पन्ध्र कलेजमध्ये उत्कृष्ट सरसफाइ गर्ने तीन कलेजलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । दिवस जेठ २२ गतेसम्म सञ्चालन हुनेछ। ‘एनटिसी क्लिन अप प्रिमियर लिग’लाई विशेष सहयोग नेपाल टेलिकमले गरेको छ।