Logo
२५ पुस २०८१, बिहीबार

तीन महिनामै ढल्यो गण्डकी सरकार

अक्षरपाटी
२०८० वैशाख ९ , शनिबार ०७:०४ मा प्रकाशित

पोखरा। विश्वासमा मत पाउन नसकेपछि गठन भएको साढे ३ महिनामै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

विश्वासको मत पाउँ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ सांसदहरू उभिएका थिए।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई सरकारलाई निरन्तरता दिनका लागि ३१ सांसदहरूको समर्थन आवश्यक थियो। तर, उनको प्रस्तावको पक्षमा २४ जनामात्रै सांसदहरू उभिए। बैठकमा ५९ सांसदहरूको उपस्थिति रहेको थियो ।

अब कांग्रेस–माओवादीको पालो

अधिकारी नेतृत्वको सरकार ढलेसँगै गठबन्धनलाई नयाँ सरकार गठनको बाटो खुलेको छ।

अब त्यहाँ केन्द्रीय गठबन्धनअनुसारको सरकार गठन हुने बाटो खुलेको हो। मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेसका संसदीय दलका नेता राजेन्द्र राज पाण्डेले आलोपालो गर्ने सहमति भइसकेको नेताहरूले बताएका छन्।

सभामुखबाहेक ७ सदस्यीय माओवादी केन्द्र र २७ सदस्य रहेको कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ।

यसमा मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेका राजीव गुरूङ गर्फ दीपक मनाङे पनि एकीकृत समाजवादीबाट थपिँदा गठबन्धनतर्फ ३५ सदस्य पुग्छ। जुन सरकार गठनका सहज बहुमत हो।