Logo
२५ पुस २०८१, बिहीबार

आज तीन क्षेत्रमा प्रतिनिधसभा सदस्य चयनका लागि मतदान

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार ०६:०४ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

आज हुने निर्वाचनका लागि शनिबार नै सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोजले जनाएको छ।

आज बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ।

अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोजले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाएको जनाएको छ।

मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको आयोगले जनाएको छ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ।