Logo
२६ वैशाख २०८२, शुक्रबार

‘वारिस पन्जाब दे’ संगठनका नेता अमृतपाल भारतमै पक्राउ

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार ०९:०४ मा प्रकाशित

काठमाडौं। नेपालमा लुकेर बसेको आसंका गरिएका खालिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ परेका छन्।

‘वारिस पन्जाब दे’ संगठनको नाममा गतिविधि गरिरहेका सिंह गोडेवाल गुरुद्वाराबाट पक्राउ गरेको पञ्जाब पुलिसले पुष्टि गरेको छ।

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेल चलान गरिएको छ। उनी नेपालमा रहेको आशंकामा सीमा क्षेत्रमा खानतलासी तीव्र पारिएको थियो।