Logo
२५ पुस २०८१, बिहीबार

तनहुँ १ मा स्वतन्त्रका स्वर्णिमको सुरुवाती अग्रता कायमै

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०७:०४ मा प्रकाशित

तनहुँ। तनहुँ १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्रा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन्।

नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले कांग्रेस र एमाललेलाई पछि पार्दै अग्रता बनाएका हुन्।

अहिले बिहान साढे ६ बजेसम्म गनिएको ९ हजार २ सय मतमध्ये वाग्लेलाई ५ हजार १९ मत, कांग्रेसका गोविन्द भट्टराईलाई २ हजार ३५१ र एमालेका सर्वेन्द्र खनाललाई १ हजार ५४९ मत प्राप्त भएको छ।

उता चितवन २ को उपनिर्वाचनको मतगणनाका लागि अहिले बिहान ८ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको छ।

बारा २ मा पनि सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।