तनहुँ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा तनहुँ १ मा कांग्रेसले थोरै मतान्तर घटाएको छ।
पछिल्लो गणनाअनुसार राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ४२८ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ३ हजार ७४७ मत मात्रै पाएका छन्।