Logo
२५ पुस २०८१, बिहीबार

चिनवन २ मा मतगणना सुरु, बारामा जसपाको सुरुवाती अग्रता

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०२:०४ मा प्रकाशित

काठमाडौं। बारा २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जनता समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ।

पार्टीका तर्फबाट उम्मेदवार बनेका उपेन्द्र यादवले २२४ मत पाएका छन्। त्यस्तै जनमत पार्टी दोस्रो स्थानमा पच्छ्याइरहेको छ। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन्।

एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन्। बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन्। अहिलेसम्म ६७० मतको परिणाम सार्वजनिक भएको छ।

त्यस्तै सवैदलीय बैठकपछि चितवन २ को मतगणना सुरु भएको छ। ईच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाको मत गणना सुरु भएको हो।

चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।