Logo
२५ पुस २०८१, बिहीबार

ठूला दलप्रति जनता दिक्काएको देउवाको स्वीकारोक्ति

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०२:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलप्रति जनता दिक्क भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनको मतपरिणाम आउँदै गर्दा ठूला दलप्रति जनताको त्यति चासो नभएको अभिव्यक्ति दिएका हुन्।

उनले ठूला दलहरुप्रति जनता दिक्काएको बताउँदै दलहरुले आफूलाई सुधारेर अघि बढ्नुपर्ने समेत बताए।

देउवाले वर्तमानमा देशको आर्थिक अवस्था राम्रो नभएको बताउँदै आगामी वर्षको बजेट ल्याउँदा जनतासँग प्रत्यक्ष रुपमा जोडिने खालका कार्यक्रम ल्याउनुपर्ने समेत बताए।

बैठकमा संसदहरुले छोटो समय देशको नेतृत्व गरेका विपि कोइरालापछि कांग्रेसले धेरैपटक सत्ता सम्हाले पनि जनतासँग जोडिने गरी बजेट ल्याउन नसकेको गुनासो गरेका थिए।

त्यसपछि देउवाले भने, ‘आगामी बजेट जनतासँग प्रत्यक्ष जोडिने गरी ल्याउनुपर्छ, कार्यकर्तामुखी होइन।’