काठमाडौं। दुबईका लागि काठमाडौपं विमानस्थलबाट उडेको फ्लाई दुबईको विमान उडेको केही बेरमै इन्जिनमा खराबी आएको छ।
काठमाडौंको आकाशमा उडेको केही बेरमा इन्जिनमा आगो लागेको देखिएको पाइलटले त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएको बताइएको छ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको समेत बताइएको छ। विमानलाई आकस्मिक अवतरण गराउने तयारी भइरहेको बताइएको छ।
सामाजिक सञ्जालहरुमा पनि विमान काठमाडौंको आकाशमा घुमिरहेको देखाइएको छ।