तनहुँ । तनहुँ १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन गर्वगर्नलायक काम गरेर तिर्ने बताएका छन्।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका छन्।
तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने बताउँदै वाग्लेले भने, ‘स्थानीयमात्र होइन देशकै मुद्दा उठाउनेछु।’
स्वर्णिमको जितमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्। सामाजिक सञ्लमार्फत् भट्टराईले आफ्ना प्रतिस्पर्धी वाग्लेलाई बधाई दिँदै विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका हुन्।
‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयोु, उनले लेखेका छन्,’तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ, यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’
तनहुँ १ मा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी भएका छन् भने भट्टराईले २० हजार १२२ मत पाएका छन्।