काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन सोङले सिस्टाचार भेट गरेका छन्।
साउँद मन्त्री नियुक्त भएपछि मन्त्रालयमै पुगेर चिनिया राजदूतले भेटवार्ता गरेका हुन्। सो अवसरमा राजदूत छन्ले परराष्ट्रमन्त्री साउँदलाई मन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङकौ तर्फबाट बधाई सन्देश हस्तान्तरण गरेका थिए।
परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए।
परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै मन्त्री साउदसँग भारत र अमेरिकाका राजदूतले शिष्टाचार भेटवार्ता गरिसकेका छन्।