धनगढी । धनगढीको रातोपुलमा रहेको कीर्तिगंगा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)ले धनगढीको प्रशिद्ध धार्मिक स्थल शिवपुरी धाम र बसपार्कको सरसफाई गरेको छ।
केजिष्टका विद्यार्थी तथा कर्मचारीले बुधबार बिहान शिवपुरी धामसँगै बसपार्कको सरसफाई गरेका हुन्।
सफा सहर, हाम्रो रहर नाराका साथ केजिष्टले यस क्षेत्रको पवित्र धार्मिक र पर्यटकीय केन्द्र शिवपुरी धाम तथा धेरै मानिसको ओरोहदोहोर हुने बसपार्कको सरसफाई गरेको केजिष्टका संयोजक गोपाल धामीले बताए।
उनले धनगढी आउने जोसुकै पाहुना वा पर्यटन एकपटक घुम्न शिवपुरीधाम पुग्ने तथा धनगढी पुग्ने गन्त्वयका रुपमा रहेको बसपार्कको सरसफाईले स्वच्छ र सफा धनगढीको सन्देश दिन खोजेको बताए।
२०६८ सालदेखि होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको केजिष्टमा हाल मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा तथा डिप्लोमा कोर्षहरु सञ्चालनमा छन्।
केजिष्ट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, रक्तदान, सरसफाईलगायत कार्यक्रमहरु आयोजना गर्दै आएको धामीले बताए।