Logo
१२ वैशाख २०८१, बुधबार

चितवनमा ३ दिने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

अक्षरपाटी
२०८० वैशाख १३ , बुधबार ०७:०४ मा प्रकाशित

भरतपुर । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले चितवनको भरतपुरमा औद्योगिक प्रदर्शनी हुने भएको छ।

दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी अभियानसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालिको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुनलागेको हो।

वैशाख २२ देखि २४ गतेसम्म तीन दिन चल्ने प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुनेछ। प्रदर्शनीमा औद्यागिक मेशिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँने आयोजनकले जनाएको छ।

प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिसहित कृषि,अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुने इभेन्ट म्यानेजर दीपक दवाडीले बताए।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने प्रदर्शनीका लागि धमाधम स्टल बुकिङ भइरहेको र बुकिङको समय वैशाख १७ सम्म खुला गरिएको बताइएको छ।