Logo
२० वैशाख २०८१, बिहीबार

डेढ वर्षभित्र महाकाली करिडोरको ट्रयाक खुल्छः रमेश लेखक

अक्षरपाटी
२०८० वैशाख १८ , सोमबार ०८:०५ मा प्रकाशित

कञ्चनपुर। नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक डेढ वर्षभित्र खुलिसक्ने बताएका छन्।

निर्वाचन क्षेत्रको भ्रमणमा रहेका नेता लेखकले कञ्नपुर पुगेर महाकाली करिडोरको ट्रयाक खोल्ने कार्यले गति पाउने बताएका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाई भए पनि अब त्यसो नहुने बताउँदै भने, ुअब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्छ, डुक्क हुनुस।ु

करिडोरको शून्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा स्थलगत अनुगमन गर्ने क्रममा उनले रुख कटान अनुमतीकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए,

ुअहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्ममै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमति दिइसकेको छु, नेता लेखकले भने, ुअब कञ्चनपुरबाट आउँदो दशैमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने छौं।ु

करिडोरको शून्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्षबितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा काम रोकिएको थियो।

नेता लेखककै पहलमा रुख कटान अनुमतिलगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकल दाहाल समक्ष आग्रह गरेका थिए।

गृहप्रदेश जानुअघि पनि नेता लेखकले सुदूरपश्चिमका ठूला आयोजना आगामी बजेटमा समेट्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानकर्षण गराएका थिए।

करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने पनि उनले बताए।

उनले बैतडी दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको उल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुँने बताए।

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ।

करिडोर अन्र्तगत ४२५ किलोमिटर ट्रयाक मध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले खोलिरहेको छ।

करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो।

रमेश लेखक