काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिलगायतका माग राख्दै आइबारदेखि जारी आन्दोलन नेपाल बार एशोसियशनले आज पनि जारी राख्ने जनाएको छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया अघि बढ्दैन तबसम्म आन्दोलन जारी रहनेछ।
मंगलबार बारका सबै ९० इकाइहरुले एकसाथ आन्दालेन गरेका थिए। संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्त नगरेको हो वा नचाहेको हो बुझन नसकिएको बारले जनाएको छ।
कार्यपालिकाले न्यायलयको नेतृत्व दिन नसके एक साताका लागि घोषणा गरिएको आन्दोलन फेरि लम्बिने अध्यक्ष घिमिरेले बताए।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअधियोग लागेर पदमुक्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन भएको छ। हाल कायम मुकायमबाट चलिरहेको सर्वोच्च अदालत २१ मध्ये १६ न्यायाधीशको भरमा चलिरहेको छ।