Logo
१ जेठ २०८२, बुधबार

राष्ट्रपतिद्वारा संघीय संसदको वर्षे अधिवेशन आह्वान

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको वर्षे अधिवेशन आह्वान गरेका छन्।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २४ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने गरि अधिवेशन आह्वान गरेका हुन्।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

बजेट अधिवेशनका रुपमा लिइने यो अधिवेशनमा सरकारका नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेटसमेत प्रस्तुत हुनेछ।

हरेक वर्ष जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यसअघि मंसिर ४ को निर्वाचनपछि बनेको प्रतिनिधि सभाको पहिलो अधिवेशन एकसय १० दिन चलेर गएको बैशाख १५ गते अन्त्य भएको थियो।