Logo
१३ वैशाख २०८१, बिहीबार

टेकबहादुर चोखाल स्मृति कप फुटसल सुरु

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०९:०५ मा प्रकाशित

धनगढी। कैलालीको धनगढीमा तेस्रो स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ।

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पिसियालिटी हस्पिटलको मुख्य प्रायोजनमा वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो।

टेकबहादुर चोखा प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले उद्घाटन गरे।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन पहिलो चरणका ६ वटा खेलहरु सम्पन्न भएका छन्।

शुक्रबार क्वाटरफाईनलसम्मका चार खेलहरु हुनेछन् भने शनिबार सेमिफाइनल र फाइनल खेल हुनेछ।