Logo
२४ पुस २०८१, बुधबार

संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर चर्काचर्की

अक्षरपाटी
२०८० वैशाख २४ , आईतबार ०४:०५ मा प्रकाशित

काठमाडौं। नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा वर्खे अधिवेशन सुरु भएसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमाथि चर्काचर्की सुरु भएको छ।

संघीय सांसदको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नक्कली शरणार्थी प्रकरणमा कारबाहीलाई लिएर बचाउको भाषा बोले। एमालेका सांसद सूर्य थापाले प्रकरणमा अरोपी भन्दा पनि आफूलाई नक्कली शरणार्थी बनाइ माग्ने दोशी भएको धारणा राखे।

थापाको भनाइलाई लिएर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाउँदै जो दोशी उसैको ठूलो स्वर भएको बताउँदै विषयलाई तोडमोड नगर्न आग्रह गरे।

बैठकको सुरुवातमै समय मागेर नेमकिपाका सांसद प्रेस सुवाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिषयमा प्रमुख दलका पदाधिकारीदेखि वहालवाला सांसद र पटक पटक मन्त्री बनेकाहरुको नाम मुछिएका र ती कसरी फरार हुन सक्छन ? भनेर प्रश्न गरे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा यस्ता भ्रष्टाचारका प्रकरणमा कर्मचारीलाई अघि देखाएर राजनीतिक दलका आरोपीलाई जोगाउने षडयन्त्र भैरहेकोप्रति ध्यानाकर्षण गराए। उनले भने, ‘ यदी दलहरुले यसलाई प्रश्रय नदिने हो भने कोही पनि बिचौलिया किन र कसरी सबै पार्टीको प्रिय बन्न सक्छन?’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भने झै टेलर हेरियो बाँकी फिल्म हेर्न टिकट काटेर बसेका छौ, पुरा भ्राष्टाचारको काण्डहरुको छानबिन एक एक गरेर देखाउने कहिले हो भनेर प्रश्न प्रधानमन्त्रीतिर प्रश्न गरे।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले भ्रष्टाचारका विषयमा नाम जोडिएकाहरुलाई अनुसन्धान गरेर सघाउने कि संसदमा एक अर्कालाई दोषारोपण गरेर उम्काउन खोज्ने भनेर प्रश्न गरे।

कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो नाम पनि जोडिएकोप्रति आपत्ति जनाउदै सत्य तथ्यमा आधारित भएर बोल्न चुनौति दिए। उनले ले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिको हवाला दिँदै केही संचारमाध्यमले आफ्नो समेत नाम जोडेकोमा आपत्ति जनाए। उनले आफू दोशी भए राजनीतिक जीवनबाटै टाढा हुने समेत बताए।

एमाले सांद रघुजी पन्तले नागरिकता विधेयक फेरि सदनमा सकृय गराउन चलखेल गरिएकोप्रति असन्तुष्टि जनाए।