Logo
१२ वैशाख २०८१, बुधबार

भजहर कप फुटबल प्रतियोगिताः सुविच्छालाई उपाधि

अक्षरपाटी
२०८० वैशाख २४ , आईतबार १०:०५ मा प्रकाशित

धनगढी। कैलालीको कैलारी गाउँपालिका ८ लोहरपुरमा भएको तेस्रो भजहर कप फुटबल प्रतियोगिताको उपाधि सुविच्छा कटेजले जितेको छ।

फाइनलमा बेली युवा क्लबलाई २–० ले हराउँदै सुविच्छा कटेजले उपाधि जितेको हो।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुँदै आएको भजहर कपको तेस्रो संस्करणको उपाधि सुविच्छा कटेजले जितेको हो।

श्री युवा जनहित क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता सुविच्छा कटेजले नगद एक लाख प्राप्त गरेको छ।

उपविजेता बेली युवा क्लबले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ।

विजयी खेलाडीहरुलाई कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुरस्कार वितरण गरे।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।