Logo
७ वैशाख २०८१, शुक्रबार

सरकारलाई रवि लामिछानेको खबरदारी पनि धन्यवाद पनि

अक्षरपाटी
२०८० वैशाख २७ , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित उनका स्वकीय सचिव पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई धन्यवाद दिएको छ।

पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले नेपाल प्रहरी, गृहमन्त्री र प्रधामन्त्रीलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,’यो शिलशिला नरोकियोस्, कुनै हालतमा नरोकियोस्।’

त्यअघि लामिछानेले शीर्ष नेताहरुको तीब्र भेटघाट, फरार गराइएका आरोपी अझै सम्पर्क विहीन, नाम आएकाहरुममाथिको अनुसन्धान फितलो भएको भन्दै असन्तुष्टि पोख्दै त्यसो नगर्न चेतावनी दिएका थिए।

उनले लेखेका थिए, ‘खबरदार ! अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको’ ‘जगजाहेर तान्डब’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यू एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

उनको सट्याटस आएको केही समयमै पूर्वगृहमन्त्री खाँड पक्राउ परेको समाचार बाहिरिएपछि भने उनले प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन्। र बाँकी आरोपी पनि नछोडिउन भन्दै सुझाव दिएका छन्।

भुटानी शरणार्थी रवि लामिछाने रास्वपा