काठमाडौं। दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड किक्री वितरण हुने गरेको पाइएको छ।
निशुल्क वितरण भइरहेको सिमकार्ड ३ हजारमा बिक्री हुनेगरको पाइएको हो। ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो।
सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए।
अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको घटनालाई रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई गत पुसमै जानकारी गराए पनि त्यो नरोकिएको उनले बताए।
सिमकार्ड वितरण कार्य नरोकिएपछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी गराएको बताए।
निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरु बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि बताए।