Logo
३ जेठ २०८२, शुक्रबार

आज प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिँदै

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले संसदले राखेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा ११ प्रतिनिधि सभाको बैठक बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८, ०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ।