काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछन्।
साँझ ६ बजे प्रस्तुत गर्ने नीति तथा कार्यक्रम बिहीबार नै छपाइका लागि पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसपटक नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिइएको छ भने वितरणमुखी आधा दर्जनभन्दा बढी कार्यक्रम कटौति गरिएको सचिवालय स्रोतले जनाएको छ।
सरकारले अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा ल्याउन लागेको नीति तथा कार्यक्रममा कृषि उत्पाद, पर्यटन र रोजगारीमा जोड दिइएको छ।
नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार, कृषि आधुनिकीकरण लगायतका कार्यक्रम कटौती गरेर उत्पादनमा जोड दिइएको छ।
यसै साता नीति तथा कार्यक्रममाथि सत्ता गठबन्धनका १० दल देखि पार्टीका नेताहरु, र किसान अगुवासँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका थिए।
युवा पलायन रोक्न छरिएका वितरणमुखी कार्यक्रमलाई मर्ज गर्ने र शिक्षामा सुधारको योजना नीति तथा कार्यक्रममा ल्याइन लागेको सचिवालय स्रोतको भनाइ छ।