Logo
२२ पुस २०८१, सोमबार

सुदूरपश्चि सरकार आज विस्तार हुँदै

अक्षरपाटी
२०८० जेठ ५ , शुक्रबार १२:०५ मा प्रकाशित

धनगढी। सुदूरपश्चि प्रदेश सरकार आज विस्तार हुने भएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज सरकार विस्तार हुने बताएका छन्।

प्रदेश सरकार गठन भएको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आज सरकारले पूर्णता पाउने बताए।

उनले सरकार विस्तारका क्रममा सत्ता गठबन्धमा आवद्ध सबै दललाई समेट्ने बताए।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने तय गरेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए।

मन्त्रिमण्डल विस्तारका क्रममा नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको बताइएको छ।